काठमाडौं महानगरले सडक व्यवसायीलाई छठसम्म ठाउँ र समय तोकेर व्यापार गर्न दिन लचिलो भएको छ।
चाडपर्वलाई लक्षित गर्दै सडक व्यवसायीलाई व्यापार गर्न दिन महानगर तयार भएको महानगर स्रोतले जनाएको छ।
उक्त विषयमा काठमाडौं महानगरपालिकाका प्रतिनिधिहरू र अभियन्ता ईः का प्रतिनिधिबीच छलफल भएको थियो। यसका साथै केही नीतिगत विषय पनि संशोधन गर्नु पर्ने भन्दै पुसमा हुने कार्यपालिका बैठकमा नीति संशोधन गर्न सकिने पनि महानगरले जनाएको छ।
सहमति भएर मस्यौदा तयार भइरहेको वार्तामा उपस्थित एक सदस्यले जानकारी दिए। यसअघि महानगर र ई: का प्रतिनिधिबीच छलफल भए पनि अहिले ई: पनि वार्तामा सहभागी भएका छन्।
मंगलबार दिउँसो राष्ट्रिय सभागृहमा महानगरले बनाएको वार्ता टोली र ई: का प्रतिनिधिबीच वार्ता भएको थियो।
करिब ३ घण्टा लामो छलफलपछि वार्ता सकारात्मक भएको हो।
वार्तामा महानगरबाट प्रवक्ता नवीन मानन्धर, कानुन न्याय तथा मानव अधिकार विभागका प्रमुख बसन्त आचार्य र मेयर बालेन शाहको सचिवालयबाट कुमार बेन, २२ का वडाध्यक्ष चिनीकाजी महर्जनलगायत टोली र ई: का तर्फबाट प्रतिनिधि गोविन्द नारायणलगायत सहभागी थिए।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र उपमेयर सुनीता डंगोललाई चुनावी बाचापत्र सम्झाउन ई 'सौम्य विद्रोह' थालेका हुन्। उपमेयर डंगोलले मंगलबार बिहान ई: लगायतसँग भेटेर कुराकानी गरेकी थिइन्।
यो पनि: ६ दिनदेखि उभिएर बालेनलाई बाचा सम्झाइरहेका ईः