यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
१२ असोज, दाङ । सल्यानमा जीप दुर्घटना हुदा १६ जना घाइते भएका छन् ।
शारदा नगरपालिका- १२ कागखोलातर्फ जाँदै गरेको लु १ ज १८६१ नम्बरको जीप छत्रेश्वरी गाउँपालिका- ५ तिर्पोलेको भित्री कच्ची सडकखण्डमा शुक्रबार दुर्घटनामा परेको हो ।
जीप सडकबाट खस्दा जीपमा सवार १६ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रवक्ता गोपाल श्रेष्ठले जानकारी दिए ।
घाइतेलाई उपचारका लागि श्रीनगरतर्फ पठाइएको उनले बताए । दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।