Nepal
This article was added by the user . TheWorldNews is not responsible for the content of the platform.

सिएनआई कोशी प्रदेश अध्यक्षमा उद्योगी शारडा

नेपाल उद्योग परिसंघ (सिएनआई) कोशी प्रदेश समितिको अध्यक्षमा पवन शारडा चयन भएका छन्।

शनिबार विराटनगरमा आयोजित कार्यक्रममा परिसंघका केन्द्रीय उपाध्यक्ष तथा कोशी प्रदेश अध्यक्ष भीम घिमिरेले शारडालाई पद हस्तान्तरण गरेका छन्।

समितिको वरिष्ठ उपाध्यक्षमा प्रकाश मुन्दडा चयन हुँदा छ जना उपाध्यक्ष र तीन जना मानार्थ उपाध्यक्ष पनि छानिएका छन्।

उपाध्यक्षहरूमा नवलकिशोर काबरा, देवेन्द्रप्रसाद गुप्ता, सुशील जोशी, कृष्ण अग्रवाल, दिपक पौडेल र गिरिजा शारडा चयन भएका हुन्।

घनश्याम काबरा, रमेश राठी र गिरिस लुनिया मानार्थ उपाध्यक्ष र कोषाध्यक्षमा साकेत राठीले जिम्मेवारी प्राप्त गरेका छन्। सदस्यमा राजेन्द्र राठी, डेनिस कार्की, दिवस सुवेदी, वेदान्त जाजू, कर्ण रायमाझी, मधुर दुगड, ऋषभ दाहाल, मुकेश कोठारी, जितेन्द्र राठी, अविदअली अंसारी, अजिता बराल, पुनित पौडेल, हरिवंश राठी, सन्नी अग्रवाल, पवन पंकज पारख, दिवाकर राठी र अजय राठी चयन भएका छन्।

The web

The web

प्रमुख सल्लाहकारमा मोरङ व्यापार संघका पूर्वअध्यक्ष महेश जाजु चयन भएका छन्। बासुदेव गोल्यान, सुशील धनावत, सन्तोष रिजाल, शंकरलाल ग्रवाल र श्रीनिवास सारडालाई सल्लाहकार मनोनयन गरिएको छ।

यसैगरी सिएनआईको मानार्थ सदस्यमा महेश पौडेल, राजन भगत, रिता ढकाल, अनुप सिग्देल, संजीव सिग्देल, अमित सिंघल, रजत तोदी, निखिल तोदी, प्रशान्त तातेड र भवेश राठी चयन भएका छन्।