यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
११ असोज, हान्झाउ । १९औं एसियाडको महिला फुटबल खेलमा नेपालले बिहीबार बंगलादेशसँग १–१ को बराबरी खेलेको छ । रेखा पौडेलले खेलको अन्त्यतिर गोल गरेपछि नेपालले बंगलादेशसँग बराबरी गरेको हो ।
समूह डी अन्तर्गत वेन्झाउमा भएको खेलमा बंगलादेशले पहिलो हाफमा अग्रता लिए पनि त्यसलाई कायम राख्न सकेन ।
सबिना खातुनले ४४ औं मिनेटमा गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएकी थिईन् ।पहिलो हाफमा पछि परेको नेपालका लागि रेखाले८२ औं मिनेटमा बराबरी गोल गरिन् ।
नेपाल र बंगलादेशले यसअघि नै दुई खेलमा हार बेहोरेकोले यो खेल प्रतिष्ठाको लागि मात्र थियो । दुवै टिम यसअघि जापान र भियतनामसँग पराजित भइसकेका छन् ।
पहिलो खेलमा भियतनामविरुद्ध २–० पराजित भएको नेपाल दोस्रो खेलमा पूर्व विश्व विजेता जापानविरुद्ध ८–० ले पराजित भएको थियो
।
पहिलो पटक एसियाडमा सहभागि भएको नेपाली महिला फुटबल टोलीले एक बराबरी र दुई हारपछि प्रतियोगिता सकाएको छ ।