१३ असोज, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबल खेल्ने सबै टिमले खेलाडी अनुबन्ध गरेका छन् । शनिबार भएको अक्सनबाट ९ वटै टिमले समान १३–१३ खेलाडी किनेका हुन् । मार्की प्लेयर यसअघि नै घोषणा भइसकेको थियो ।
अक्सनमा १७८ खेलाडी थिए, जसमध्ये २७ जना ए ग्रेडका थिए । १० फुटबलरमाथि अधिकतम मूल्य ३ लाख ५० हजारको बोली लाग्यो । उनीहरुमध्ये पनि लकेन लिम्बुलाई भित्र्याउन एनएसएलका ९ वटै टिमबीच प्रतिस्पर्धा भएको थियो । गोलाप्रथाबाट उनलाई झापाले अनुबन्ध गरेको छ ।
सनिश श्रेष्ठलाई पनि धनगढीबाहेक ८ वटा क्लबले अनुबन्ध गर्न चाहेको थियो, तर गोलामा ललितपुरले बाजी मा¥यो ।
वीरगञ्ज युनाइटेड
दीप कार्कीलाई मार्की प्लेयर बनाएको वीरगञ्जले अक्सनमार्फत १३ जना अनुबन्धन गरेको छ । जसमध्ये तीन जना ए, ६ जना बी र बाँकी सी समूहका खेलाडी छन् ।
वीरगञ्जले ए समूहका सुदीप गुरुङ र सीमान्त थापाका लागि अधिकतम ३ लाख ५० हजार खर्चिंदा सुवास गुरुङलाई भने १ लाख ५० हजारमै पाएको छ । यसैगरी सुरज गुरुङ, भीषण गुरुङ, शत्रुघनकुमार चौधरी, सुनिल खड्का, हरिशराज भट्ट, सुशील लामा, जय गुरुङ, दिवाकर चौधरी, युवराज खड्का र दीपकराज सिंहलाई वीरगञ्जले भित्र्याएको छ ।
बुटवल लुम्बिनी
यो टिमको मार्की प्लेयर एरिक विष्ट छन् । ए समूहका मीनकुमार लामा, गिलेप्सीजंग कार्की र प्रकाश बुढाथोकी समान १ लाख ५० हजारमा अनुबन्ध गरेको वीरगञ्जमा बीका असिम भुसाल, अशोक थापा, पासाङ लामा पनि १ लाख ५० हजारमा अनुबन्ध भएका हुन् ।
उनीहरुबाहेक टिममा सरोज तामाङ, निराजन धामी, गौरब श्रेष्ठ, जनमजय धामी, मनग्या नकर्मी, निशान राना र चन्दनकुमार दास छन् ।
चितवन एफसी
विशाल श्रेष्ठ मार्की प्लेयर रहेको चितवनले टिसिरिङ गुरुङका लागि ३ लाख ५० हजार खर्चिएको छ । सुरुमा कुनै पनि टिमले बोली नलगाएका नवयुग श्रेष्ठलाई चितवनले १ लाख ५० हजारमै अनुबन्ध गरेको छ ।
अमित श्रेष्ठ, एकराज बुढाथोकी, रोहन राना मागर, उत्सव राईलाई समान १ लाख ५० हजारमा अनुबन्ध गरेको चितवनमा प्रदीप भण्डारी, राजेश परियार, बुद्ध तामाङ,, हेम तामाङ, विक्रम धिमाल, शरणविक्रम सिंह बस्नेत र पुश्कर खड्का पनि छन् ।
ललितपुर एफसी
अनन्त तामाङलाई मार्की प्लेयर बनाएको ललितपुरले सर्वाधिक ३ लाख ५० हजार बोली लागेका तीन खेलाडीलाई गोलाप्रथाबाट अनुबन्ध गरेको छ । सनिश श्रेष्ठ, दिनेश हेन्जन र सेसेहाङ आङदेम्बे ए समूहका हुन् ।
उनीहरुबाहेक विवेक पौडेल, अनिल राई, करण रावत, सञ्जित राई, आदित्य शाक्य, अनिल महर्जन, निरज चौधरी, रोशन पहारी, विशाल सुनार, प्रवेश कुँवर र विजय श्रेष्ठ पनि टिममा छन् ।
धनगढी एफसी
यो टिमको मार्की प्लेयर आशिष चौधरी हुन् । धनगढीले सर्वाधिक ३ लाख ५० हजार खर्चिएर कृतिरत्न छुन्जुलाई भित्र्याएको छ ।
सिमोन लिम्बु, रनदीप पौडेल, मनोज राई, कमल श्रेष्ठ, टेकेन्द्र सिंह थापा, देवेन्द्र तामाङलाई समान १ लाख ५० हजारमा अनुबन्ध गरेको धनगढीमा निशान लिम्बु, मिलन राई, सुरेश कुमाल, हेमन्त श्रेष्ठ, अविशेक गुरुङ र रामचन्द्र वाजी पनि छन् ।
काठमाडौं रेञ्जर्स
हिसुब थपलिया मार्की प्लेयर रहेको काठमाडौंले ए समूहका दिपेश गुरुङलाई गोलाप्रथामार्फत ३ लाख ५० हजारमा अनुबन्ध गरेको छ ।
कुलदिप कार्की, राजाबाबु थापा, मौसम सुब्बा, अञ्जन राई र अभिषके बराललाई समान १ लाख ५० हजारमा अनुबन्ध गरेको काठमाडौंको टिममा जियारथ शेख, राजीव लोप्चन, अमित तामाङ, महेन्द्र कार्की, खमिर गिल्सन कान्डाङ, प्रशन्न अवस्थी, सुशीलकुमार यादव र रोहन खड्गी पनि छन् ।
स्पोर्टिङ इलाम
विकेश कुथु मार्की प्लेयर रहेको इलामले अशिष गुरुङलाई ३ लाख ५० हजार बोली लगाएको छ । भरत खवास र विराज महर्जन भने १ लाख ५० हजारमै अनुबन्ध भए ।
यस्तै सन्तोष खत्री, सन्तोष महत, अशिष चापागाईँ, विमल पाण्डे, जितेन्द्र कार्की र नवीन लामा पनि समान १ लाख ५० हजार रुपैयाँमा अनुबन्ध भएका छन् ।
समित श्रेष्ठ, आशिष राई, सुरज बस्नेत, सौरभ लिम्बु, दिपेश घले पनि टिममा छन् ।
झापा एफसी
अञ्जन विष्ट मार्की प्लेयर छ झपामा । यो क्लबले लकेन लिम्बुलाई ३ लाख ५० हजारमा अनुबन्ध गरेको छ । एक भन्दा बढी टिमले सर्वाधिक मूल्य बोली लगाएपछि भएको गोलाप्रथामा झापा भाग्यमानी ठहरियो ।
छिरिङ लामालाई २ लाख १० हजारको बोली लगाएको इलामले अनिश देउला, प्रदीप लामा, योगेश गुरुङ, अशोक खवास, लक्ष्मण रुचाल र सुमित श्रेष्ठलाई समान १ लाख ५० हजारमा अनुबन्ध गरेको छ । यस्तै भरत चौधरी, प्रशान्त लिम्बु, सुदीप श्रेष्ठ, सिमराज थोकर, सुरज विष्ट पनि झापामा आवद्ध भएका छन् ।
पोखरा थन्डर्स
आयुश घलान मार्की प्लेयर रहेको पोखराले कुनै पनि खेलाडीलाई १ लाख ५० हजारभन्दा बढीको बोली लगाएन । उसले पुजन होना, अञ्जन महर्जन, सुरजज्यू ठकुरी र सञ्जीव विष्टलाई समान १ लाख ५० हजार रुपैयाँमा अनुबन्ध गरेको छ ।
यस्तै टिममा दीपेश आले मगर, अनिश पोमु लिम्बु, पदम भट्टराई, नरेन्द्र चौधरी, पदमकुमार तामाङ, कमलबहादुर थापा, सुनिल घलान, जीवन गुरुङ र विपिन कँडेल पनि छन् ।