यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
१२ असोज, विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले असोज १७ गतेका लागि प्रदेशसभाको अधिवेशन आह्वान गरेका छन् ।
प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख खापुङले असोज १७ गतेका लागि प्रदेशको चौथो अधिवेशन आह्वान गरेका हुन् ।
कोशी प्रदेश मन्त्रीपरिषद्को बिहीबार बसेको बैठकले अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।
सोही अनुसार सिफारिस भएपछि प्रदेश प्रमुखले अधिवेशन १७ असोज दिउँसो १ बजेका लागि आह्वान गरेका हुन् ।
सर्वोच्च अदालतको परमादेशपछि संविधानको धारा १६८ को उपधारा ३ बमोजिम २२ भदौमा नियुक्त भएका प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले असोज २० गते भित्र विश्वासको मत लिनुपर्ने बाध्यता छ ।
अधिवेशन आह्वान भए पनि विश्वासको मत लिने समय टुङ्गो भएको छैन ।
प्रदेश सरकारका प्रवक्ता लिलाबल्लभ अधिकारीले दलहरुसँगको छलफलपछि विश्वासको मत लिने समय टुङ्गो लगाउने बताए ।