Nepal
This article was added by the user . TheWorldNews is not responsible for the content of the platform.

घट्यो अमेरिकी डलरको भाउ, आज कतिमा हुँदैछ किनबेच? 

बिहीबार अमेरिकी डलरको भाउ घटेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३२ रुपैयाँ ८६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ४६ पैसा कायम गरिएको छ।

बुधबार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ८८ पैसा र बिक्रीदर १३३ रुपैयाँ ४८ पैसा कायम गरिएको थियो। यो मूल्य अघिल्लो दिनको २ पैसा घटेको हो।

आज युरोपियन युरो एकको खरिदमा भने १४० रुपैयाँ २२ पैसा र बिक्रीमा १४० रुपैयाँ ८५ पैसा पाइन्छ। 

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८४ रुपैयाँ ६१ पैसा र बिक्रीमा ८४ रुपैयाँ ९९ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९८ रुपैयाँ १६ पैसा र बिक्रीमा ९८ रुपैयाँ ६० पैसा पाइन्छ।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६१ रुपैयाँ ३२ पैसा र बिक्रीदर १६२ रुपैयाँ ०५ पैसा तोकिएको छ। 

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ४४ पैसा र बिक्रीमा ३६ रुपैयाँ ६१ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५८ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ १७ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३३ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बिहीबार २८ रुपैयाँ २२  पैसा र बिक्रीमा २८ रुपैयाँ ३५ पैसा पाइन्छ।

The web
The web

बिहीबार कुवेती दिनार एकको खरिदमा ४२९ रुपैयाँ ६६ पैसा र बिक्रीमा ४३१ रुपैयाँ ६० पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५२ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ०१ पैसा तोकिएको छ।