नेकपा (एमाले) को कर्णाली प्रदेश अधिवेशन सुरु भएको छ।
बुधबार दिउँसो १ बजेदेखि हुने भनिएको अधिवेशन केही ढिला गरी अपराह्न सवा ३ बजेदेखि सुरू भएको हो।
अधिवेशनको उद्घाटनका लागि अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेल सुर्खेत आएका छन्।
उनीहरुले अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ।
वीरेन्द्रनगरस्थित सिटी हलमा सुरु भएको अधिवेशनमा ५ हजार बढी नेता तथा कार्यकर्ता सहभागी प्रदेश कमिटीले जनाएको छ।
अधिवेशनमा १० जिल्ला र मोर्चा संगठनबाट गी ६०४ जना अधिवेशन प्रतिनिधिले भाग लिनेछन्।
प्रतिनिधिमध्ये १९५ जना महिला छन् भने समावेशी रुपमा एक सय ११ जना दलित प्रतिनिधि रहेका छन्।