नेकपा (एमाले) बागमती प्रदेशको जारी अधिवेशनमा नेतृत्व चयन गर्न अहिले मतदान जारी छ।
शुक्रबार दिउँसो काठमाडौंमा पानी परेपछि मतदाताहरू कोही छाता ओढेर त कोही भिज्दै लाइनमा उभिएका छन्।
अधिवेशनको अध्यक्ष मण्डलका अनुसार मतदान सुरू भएको तीन घन्टामा तीन सयभन्दा कम मत खसेको छ।
अध्यक्षदेखि सबै क्लष्टरका उम्मेदवारलाई मतदान गर्न केही समय लाग्ने गर्छ। एमाले बागमतीमा १ हजार १६४ जना प्रतिनिधि छन्। ४० वटा भोटिङ मेसिन प्रयोग गरेर मतदान भइरहेको छ।
अध्यक्षमा मकवानपुरका कृष्ण दाहाल र रामेछापका कैलाश ढुंगेलबीच प्रतिस्पर्धा हुँदैछ। सचिवमा सिन्धुपाल्चोकका हस्त पण्डित र ललितपुरका नारायण सिलवालबीच प्रतिस्पर्धा हुँदैछ।
चितवन, रसुवा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोकमा सर्वसम्मत सदस्य छानिएको जानकारी दिए।