एशियाडमा प्रतिस्पर्धा गर्दै नेपाली बक्सिङ खेलाडी भुपेन्द्र थापामगर ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
१० असोज, हान्झाउ । १९औं एसियाडमा पदकको आशा गरिएको खेल बक्सिङमा नेपालले कमजोर प्रदर्शनलाई निरन्तरता दिएको छ ।
नेपालबाट सबैभन्दा बढी आशा गरिएका युवा मुक्केबाज सुष्मा तामाङसहित अनुभवी खेलाडी भुपेन्द्र थापा बुधबार आफ्नो खेलमा पराजित भए ।
महिला ५० केजी अन्तर्गत अन्तिम १६ को खेलमा सुष्मा कजाखस्थानकी नाजम काइजाइबे ५-० ले पराजित भइन् ।
गत वर्ष यू-२२ एसियन बक्सिङ च्याम्पियनसिपमा रजत पदक जितेकी सुष्माले वर्ल्ड च्याम्पियनसिप समेत खेलिसकेकी छिन् । उनीबाट नेपालले आशा रखेपनि पहिलो खेलमै पराजित हुँदै बाहिरिएकी हुन् ।
यस्तै १३औं सागका स्वर्णधारी अनुभवी खेलाडी भुपेन्द्र थापा पुरुष ६३.५ केजी अन्तिम १६ एन चु लाईसँग ४-० ले पराजित भए । बाई पाएर सिधै प्रिक्वाटरफाइनल खेलेका भुपेन्द्र पहिलो खेलमै पराजित भए ।
बक्सिङ अन्तर्गत बुधबार नेपालका रविन नेपाल पुरुष ९२ केजी अन्तिम अन्तिम १६ फिलिपिन्सका जोन नोबल मार्भेजसँग प्रतिस्पर्धा गर्नेछन् ।
बक्सिङमा नेपालबाट यस संस्करणमा १३ खेलाडीले सहभागिता जनाएका थिए । पदकको आशा गरिएको र मुख्य प्राथमिकतामा राखिए पनि बक्सिङको प्रदर्शन भने निराशाजनक रहेको छ ।
रविन थापाले ५१ केजीमुनी तौल समूहमा अन्तिम ३२ को खेल जित्दै अन्तिम १६ मा प्रवेश गर्नु बाहेक अहिलेसम्म खेलेका १० मध्ये ९ खेलाडी पराजित भइसकेका छन् ।