Nepal
This article was added by the user . TheWorldNews is not responsible for the content of the platform.

बिवाइडी ब्लेड ब्याट्रीको 'नेल पेनेट्रेसन टेस्ट' सम्पन्न

बिवाइडीको आधिकारीक बिक्रेता साइमेक्स इंक प्रालिले ब्लेड ब्याट्रीको सुरक्षा गुणस्तर प्रदर्शन गर्नका लागि 'नेल पेनेट्रेसन टेष्ट' गरेको छ।

नेल पेनेट्रेसन टेष्ट ब्याट्रीको ताप वाहन क्षमताको परीक्षण हो। ब्याट्रीको ताप वाहन क्षमताको परीक्षण गर्ने विधिहरूमा यो सबैभन्दा कठिन टेष्ट भएको कम्पनीको भनाइ छ।

हालसम्म बिवाइडीको टेक्नोलोजी पेटेन्ट गरिएको 'ब्लेड ब्याट्री'ले मात्र नेल पेनेट्रेसन टेष्ट सफलतापूर्वक पार गरेको छ। 

अत्यधिक प्रतिकुल परिस्थितिहरूमा पनि सतहको ताप उल्लेखनीय रुपमा कम रहनुले ब्लेड ब्याट्रीको अतुलनीय सुरक्षालाई प्रमाणित गर्छ।

साइमेक्स इन्कका प्रमुख कार्यकारी अधिकृत सहिल श्रेष्ठले विद्युतीय गाडी उद्योगको ब्याट्री सुरक्षा मान्यतामा बिवाइडीको ब्लेड ब्याट्रीको महत्व धेरै रहेको बताए। 

The web

The web