यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
काठमाडौं । ‘आईएमई पे’ मार्फत सेवाग्राहीहरूले सजिलै आफ्नो सिस्टमेटिक इन्भेष्टमेन्ट प्लान (एसआईपी) को रकम भुक्तानी गर्न सक्ने भएका छन् ।
एसआईपी भुक्तानी सेवा प्रदान गर्न ‘आईएमई पे’ले एनआईसी एशिया क्यापिटल र कुमारी क्यापिटलसँग सम्झौता गरेको छ।
सो सम्झौता अन्तर्गत अब ‘आईएमई पे’का सेवाग्राहीहरूले एनआईसी एशिया क्यापिटलको एनआईसी एशिया डायनामिक डेब्ट फन्ड र कुमारी क्यापिटलको कुमारी सुनौलो लगानी योजनाको एसआईपी इन्स्टलमेन्ट तथा युनिट पर्चेज को भुक्तानी गर्न सक्नेछन् ।
पछिल्लो केही समय यता पूँजी बजारमा एसआईपी लोकप्रिय बन्दै आइरहेको र यसको भुक्तानीलाई थप सहज पार्दै ‘आईएमई पे’ले आफ्नो सेवाग्राहीका लागि यो सेवा सुचारु गरेको ‘आईएमई पे’का सीईओ प्रवीन रेग्मीले जानकारी दिए ।